ब्रह्मश्री मित्र हामी मौनताको सागरमा नगइकन मनको गागर लिएर सागरलाई पिउन खोज्यौं। यसले गर्दा सबै मानिस भ्रममा भए, उनीहरु इमोसनल्ली असन्तुलित भए। उनीहरु फिजिकल्ली, मेन्टली, इन्टिलिजेन्ट्ली र स्प्रिचुअल्ली हार्मोनाइज्ड हुन सकेनन्, उनीहरु मेलोडाइज्ड हुन सकेनन्, सिन्क्रोनाइज्ड हुन सकेनन्। जीवन र जगतमा भएका रहस्य र प्याराडक्सहरुलाई यथार्थ रुपमा नबुझ्दाखेरि मानिस उद्वेलित हुने भयो, मानसिक रुपमा असन्तुलित…