एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेसन) के हो भन्ने परिभाषा नेपाली जनसमाजलाई थाहा भइसकेकै छ। कसैले कसैलाई सिकाइ–बुझाइ गरिरहनु छैन। एक चौथाइ राजनीतिक दल, नेतृत्वमा सम्मिलित व्यक्ति/व्यक्तित्वहरु, जसलाई ‘युरोमेरिकाण्डीया’ (युरोप, अमेरिका र इन्डिया) को सहयोगमा हाम्रो देश र जनतामाथि शासकीय सत्ता प्राप्त गर्न र टिकिरहन चाहन्छन्, सत्ताकै माध्यमबाट आफ्नो, आफ्नाको भावी सन्तान/दरसन्तानको स्वार्थ सिद्धि गर्न चाहनेहरुका लागि…