काठमाडौं । यूकेबाट स्नातक अध्ययन पूरा गरेकी प्रकृति ढकाल हाल ‘देश परिवर्तन संवाद यात्रा’ लिएर देशका विभिन्न गाउँ–सहरमा पुगेकी छन् । राजनीतिक संक्रमण, युवाको भूमिका र जनताको आवाज बुझ्ने उद्देश्यसहित सुरु गरिएको यो यात्रा अझै निरन्तर रहेको उनले बताइन् । केन्द्रविन्दुसँगको कुराकानीमा ढकालले भनिन्, ‘अहिले नेपाल राजनीतिक रूपमा ट्रान्जिसन फेजमा छ । पुराना र नयाँ…