मकवानपुरको थाहा नगरपालिकास्थित पालुङ खोलामा डुबेर एकजनाको मृत्यु भएको छ । थाहा नगरपालिका–१ का १९ वर्षीय हरिकृष्ण गोपालीको शव खोलामा डुबेको अबस्थामा फेला परेको हो।शनिबार गाईबस्तु चराउन गएको गोपालीको शव आइतबार भेटिएको इलाका प्रहरी पालुङ्ले जनाएको छ।