काठमाडौंउपत्यकाका प्रसिद्ध जात्रामध्ये भक्तपुरमा मनाइने बिस्केट जात्रा सकिएको छ । २७ चैतमा तौमढी दरबार क्षेत्रबाट तानिएको भैरव र भद्रकालीको रथ बिहीबार पुनः तानेर बजार परिक्रमा गरी भैरव नाथको मन्दिरभित्र राखेपछि जात्रा सकिएको हो ।नयाँ वर्षको स्वागत गर्दै नौ दिनसम्म दर्जनौँ देवी देवताको पूजाआजा, भैरव र भद्रकालीको रथ तानेर बजार परिक्रमा, ५५ हात लामोे लिंगो उठाउने…