काठमाडौंराजश्व अनुसन्धान विभाग ललितपुरका तत्कालीन शाखा अधिकृत रामजी रिजालविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगसहित सोमबार मुद्दा दायर भएको छ । विभिन्न कार्यालयहरूमा रहँदा पदीय दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गर्दै अस्वाभाविक उच्च जीवनयापन गरिरहेको भन्दै जेल सजाय र जरिवानाको मागसहित अख्तियारले सोमबार रिजालविरुद्ध मुद्दा दायर गरेको हो ।अख्तियार अनुसन्धानबाट उनको श्रोत नखुलेको अवैध सम्पत्ति दुई…