कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रेशम चौधरीले थारु भाषामा सपथ लिएका छन्।सभामुख कृष्णबहादुर महराले सिंहदरबारमा पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् । उनलाई संसद् सचिवालयका महासचिव मनोहर प्रसाद भट्टराईले सांसद्को लोगो लगाइदिए।सपथ कार्यक्रममा राजपाका शीर्ष नेताहरु पनि उपस्थित थिए। उनलाई बिहानै ११ः ३० वजे शपथ गराउने कार्यक्रम भए पनि ३ बजेका लागि सारिएको थियो…