अमरगढीडडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा आज साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ । दुर्घटनामा परी ३५ जना भन्दा बढी यात्रु घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीका अनुसार भाडामा लिइएको डोटीको पिसजोन विद्या निकेतन स्कूलको बस दुर्घटनामा परेको हो ।अमरगढी–५ स्थित उग्रतारा मन्दिरमा आज लागेको मेलाबाट घर…