सरकारले जथाभावी मासु बिक्री गर्ने ललितपुरका ४ वटा मासु पसल बन्द गरेको छ ।कृषि राज्यमन्त्री रामकुमारी चौधरीको नेतृत्वमा गएको अनुगमन टोलीले बिहान ४ बजेदेखि ललितपुर, लगनखेलमा सञ्चालिन ५ वटा बधशालाको अनुगमन गरेको थियो । स्थलगत अनुगमन गर्दा न्यूनतम मापदण्ड पूरा नगरेको पाइएपछि सुधार नगर्दासम्मका लागि मासु बिक्रि वितरणमा प्रतिबन्ध लगाइएको हो । अनुगमनमा मन्त्रालय, पशु…