‘अब त यस्तो लागिसक्यो कि, चमत्कार नै होस्, सरकारले सूचना जारि गरोस्– ल सब ठिकठाक भयो । सबैजना आ–आफ्नो काममा फर्कन सक्नु हुनेछ ।’, अभिनेता विपिन कार्कीको मनोकांक्षा हो यो । तर, सोचे जस्तो कहाँ हुन्छ र ! विपिन यतिबेला पट्यारलाग्दो दैनिकीबाट ग्रसित छन् । अभिनयको हुटहुटी जागिरहेको छ, भाइरस आतंकले अपहरित स्वतन्त्र जीवनशैलीको चाह…