चितवन गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्या सम्बन्धी मुद्दामा जाहेरवाला नुरप्रसाद अधिकारी अदालतमा उपस्थित भएनन् । अदालतले उनलाई सोमबार हाजिर हुन मिति दिएको थियो । चितवन जिल्ला अदालतले साउन २० गते नुरप्रसादलाई भदौ ४ गते अदालतमा झिकाउन आदेश गरेको थियो । अदालतको आदेशपछि नुरप्रसादको गोरखास्थित घरमा रितपूर्वक मिति तामेली गरिएको अदालतका साक्षी संरक्षण अधिकृत गम्भीर घिमिरेले…