रूपन्देहीनिर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आउँदो जनवरी १ (पुस तेस्रो साता) परीक्षण उडान गर्ने गरी निर्माणको काम धमाधम भइरहेको छ । विमानस्थल निर्माणका लागि मुख्य कामको रूपमा रहेको धावनमार्गको अन्तिम चरण प्रारम्भ भएको छ । ३ हजार मिटर लम्बाइ रहेको धावनमार्गमा तयार रहेको बेसकोर्समा आइतबारबाट बिटुमिन (अलकत्रा) हाल्ने काम सुरु भएको छ ।अलकत्रा हालेपछि धावनमार्गलाई कालोपत्रे…