काठमाडौंप्रधानमन्त्री केपी ओलीको निकट भविष्यमा हुने चीन भ्रमणका लागि वाणिज्य मन्त्रालयले १४ वटा एजेन्डा तयार पारेको छ । वाणिज्यले तयार पारेका एजेन्डामा व्यापार सहजीकरण देखि पारवहन सम्मका विषय समेटिएका छन् । परराष्ट्र मन्त्रालयले दिएको निर्देशनका आधारमा वाणिज्यले गृहकार्य गरिरहेको मन्त्रालयका प्रवक्ता रवीशंकर सैंजूले बताए । उनले भने, ‘विगतमा चीनसँग व्यापार, लगानी र दुई पक्षीय परियोजनामा…