काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न भारत भ्रमण तथा आगामी वर्षको नीति तथा कार्यक्रमबारे पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गरेका हुन् ।मंगलबार बिहान प्रधानमन्त्रीको सरकार निवास बालुवाटारमा भएको छलफलमा पूर्वप्रधानमन्त्रीहरुले मोदी नेपाल आउँदा राष्ट्रिय हितलाई केन्द्रमा राखेर सहमति र सम्झौता गर्न सुझाव दिएका थिए । छलफलका क्रममा पूर्वप्रधानमन्त्रीहरुले…