काठमाडौँचीन भ्रमणमा रहेका परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीलाई बेइजिङस्थित नेपाली दूतावासले स्वागत गरेको छ । मन्त्री ज्ञवालीको सम्मानमा दूतावासद्वारा आयोजित स्वागत समारोहमा उनले नेपालले संविधान जारीसँगै पछिल्लो तीन वर्षमा राजनीतिक क्षेत्रमा ऐतिहासिक उपलब्धि हासिल गरेको अवगत गराउँदै संविधानको कार्यान्वयनका लागि तीन तहका निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको बताए ।उनले दुई देश बीचको सम्बन्धका बारेमा चर्चा गर्दै चीनले…