काठमाडौंनेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा पार्टी उम्मेदवारलाई असहयोग गरेको भन्दै पार्टीका विभिन्न तहका नेतालाई स्पष्टीकरण सोधेको छ । तल्लो तहबाट आएका तीन सय भन्दा बढी उजुरीका आधारमा दुई सय नेता तथा कार्यकर्तालाई कांग्रेसले स्पष्टीकरण सोधेको हो ।पार्टी केन्द्रीय सदस्य रमेश रिजाल नेतृत्वको अनुशासन समितिले काटेको स्पष्टीकरण पत्र अनुसार विभिन्न तहका एक सय आठ नेता तथा…