शुक्रबारबाट काठमाडौ उपत्यकामा चल्ने सबै सार्वजनिक सवारी चालक र सहचालकलाई ‘छुट्टै ड्रेस’ लगाउने व्यवस्था गरिएको छ ।महानगरीय ट्राफिक प्रहरी महाशाखा र नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघको पहलमा सबै सार्वजनिक सवारी साधनका चालक र सहचालकका लागि पहिचान खुल्ने ज्याकेटको व्यवस्था गरिएको हो ।चालक र सहचालकको पहिचान र अनुशासन कायम गर्न छुट्टै ड्रेस लगाउने अभियान सुरु गरिएको…