काठमाडौँप्रेस काउन्सिल नेपालले युरोपियन युनियन निर्वाचन पर्यवेक्षण मिसन, २०१७ ले जारी गरेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको प्रतिवेदनमा काउन्सिलबारे नकारात्मक कुरा उल्लेख गरेको प्रति आपत्ति जनाएको छ ।हिजो बसेको काउन्सिलको बैठकले निर्वाचनका बेला सञ्चारमाध्यमको अनुगमन गर्ने वैधानिक निकाय काउन्सिल मात्र भएको भन्दै युरोपियन युनियनको प्रतिवेदनलाई अनधिकृत र आपत्तिजनक भनिएको काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले बताए ।…