काठमाडौं ।संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक पर्यटन प्रवर्धन गर्न हप्तामा दुई दिन बिदा दिने प्रस्ताव तयार गरी मन्त्रिपरिषदमा पेश गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईको अध्यक्षतामा बिहीबार बसेको उच्चस्तरीय बैठकले त्यस्तो प्रस्ताव पेश गर्ने निर्णय गरेको हो ।अध्ययन तथा कार्यदल बनाउने र कार्यदलले प्रस्ताव तयार पारेपछि मन्त्रिपरिषदमा…