सिन्धुपाल्चोकचार वर्ष भित्र सम्पन्न गर्ने गरी सुरु गरिएको मध्यभोटेकोसी जलविद्युत आयोजनाको ६ वर्षमा जम्मा ३० प्रतिशत मात्रै काम सम्पन्न भएको छ । आयोजनाको व्यवस्थापकीय कमजोरीका कारण आयोजनाले गति लिन नसकेको हो ।सिन्धुपाल्चोकको हाल सम्मकै ठूलो (१ सय २० मेगावाट) यो आयोजना विद्युत प्राधिकरणका वर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको पहलमा सुरु भएको थियो । देशलाई लोडसेडिङमुक्त…