काठमाडौं २१ फागुनका लागि तय भएको कांग्रेस संसदीय दलको निर्वाचनबाट नेतृत्व हात पार्न नेताहरू बीच तीव्र गुटगत लबिङ सुरु भएको छ । प्रतिनिधिसभामा निर्वाचित सांसदलाई आफ्नो पक्षमा पार्न नेताहरूले भेटघाटका लागि भन्दै निवासमै बोलाएर गुटगत आधारमा मतदानको आग्रह गरिरहेका छन् । उनीहरूले दलको नेता जसरी पनि आफ्नो गुटमा पार्ने गरी लबिङ बढाउन सांसदहरूलाई समेत गुट…