बाँकेअख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरले औषधी व्यवस्था विभाग शाखा कार्यालय नेपालगन्जका फार्मेसी निरीक्षक पुष्प राना क्षेत्रीलाई २८ हजार घुस सहित नियन्त्रणमा लिएको छ । निरिक्षक रानालाई घुस लिदै गरेको अवस्थामा अख्तियारको टोलीले रेस्टुरेन्टबाट रंगेहात पक्राउ गरेको हो ।रेष्टुरेन्टमा बोलाएर सेवाग्राहीबाट लिएको २८ हजार नगद रुपैयाँ र सुकुटी माछा सहित पक्राउ गरिएको आयोगको कार्यालय कोहलपुरले…