दाङ ।नेपाल र भारतमा मात्र पाइने दुर्लभ वन्यजन्तु चौका लमहीको नारायणपुर टिकुलीगढको वनमा भेटिएको छ । अंग्रेजीमा फोर हर्न एन्टिलोप नामले चिनिने सो जनावर नेपालको संरक्षित स्तनधारी जनावरमध्ये एक हो । एन्टिलोप समूहमा पर्ने चौकाको दुई जोडी सिङ हुने बताइएको छ । सोमध्ये पछाडिको सिङ अगाडिभन्दा लामो हुन्छ ।नेपालमा हालसम्म यसको संख्या यकिन गर्न सकिएको छैन ।…