काठमाडौं,२७, पुसअदालत र न्यायायाधीशको अवहेलना अभियोगमा पक्राउ गरी मुद्दा चलाइएको डा.गोविन्द केसीलाई सर्वोच्च अदालतले बुधबार साधारण तारिखमा रिहा गरेको छ। रिहा भए लगत्तै प्रधान न्यायाधीशको राजीनामा माग गर्दै डा. केसीले शिक्षण अस्पताल महाराजगञ्जमा अनसन सुरु गरेका छन्। केसी विरुद्धको मुद्दामा भएको सुनुवाइपछि सर्वोच्चका न्यायाधीश पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले केसीले बयानका क्रममा ‘अदालत…