वीरगञ्जको सुपर ग्याँस प्लान्टमा भीषण आगलागी !

वीरगञ्ज, ५, पुस वीरगञ्ज स्थित सुपर ग्याँसको प्लान्टमा भिषण आगलागी भएको छ। वीरगञ्ज महानगरपालिका २२ मा रहेको सुपर ग्याँसको प्लान्टमा बुधबार बिहान आगलागी हुँदा ६ जना कामदार घाइते भएको बताइएको छ। घाइतेहरूलाई उपचारका लागि गण्डक अस्पताल लगिएको छ। आगो नियन्त्रणको प्रयास जारी छ। आगो निभाउन गएको वारुण यन्त्र पनि जलेको छ। विस्तृत विवरण आउन बाँकी…

Logo