त्रिशूली(नुवाकोट), ६ पुस । दुप्चेश्वर गाउँपालिका–१ घ्याङ्फेदीका वडाध्यक्ष सुनबहादुर तामाङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोको टोलीले पक्राउ गरेको छ । मानव बेचबिखनमा संलग्न भएको आरोपमा नुवाकोट जिल्ला अदालतमा मुद्दाको तारेख खेप्दै आएका सुनबहादुरलाई व्युरोले बुधबार अपराह्न घ्याङफेदीस्थित वडा कार्यालयबाट पक्राउ गरी काठमाडौं लगेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । स्थानीय तह निर्वाचनमा वडाध्यक्षमा नेपाली…