म्याग्दी, २३ भदौनाम :अमरबहादुर थापामगरउमेर : ७५ वर्षकक्षा : नर्सरीरोल नं : १० बेनी नगरपालिका–१ रत्नेचौरमा सञ्चालित नेसनल प्रोग्रेसिभ एजुकेसन एकेडेमीमा भेटिने एउटा विद्यार्थीको यस्तो ‘प्रोफाइलले’ सबैलाई आश्चर्यमा पार्छ। ढाकाटोपीमा सजिएर उनी बिहान साढे ९ बजे विद्यालय आइपुग्छन्। अनुहार चाउरिएका र दाँत पनि झरिसकेका अमरबहादुर नर्सरीमा ५ ,६ वर्षका बालबच्चासँगै पढ्छन् , खेल्छन्…