काठमाडौँ । नेपालको सूचना प्रविधि (आईटी) क्षेत्रमा झन्डै तीन दशकदेखि समर्पित नवराज कुँवरले प्रतिष्ठित असोसियो अवार्ड प्राप्त गरेका छन् । एसियन–आसियान कम्प्युटिङ इन्डस्ट्री एसोसिएसन (असोसियो) द्वारा जापानको टोकियोमा नोभेम्बर ६–८ मा आयोजना गरिएको डिजिटल समिटमा कुँवरलाई यो अवार्ड प्रदान गरिएको हो । असोसियोले सूचना प्रविधिमा विशेष योगदान पुर्याउने व्यक्तिलाई यो सम्मान दिने गर्छ । नेपालमा…