काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुठी संस्थान त्रिपुरेश्वरका प्रमुख प्रशासक नारायण चौधरी र उपप्रशासक जयप्रसाद रेग्मीलाई घुस लिएको अभियोगमा पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–१ मा रहेको जग्गा सम्बन्धी गुठी संस्थानमा चलिरहेको मुद्दाको सम्बन्धमा गुठीको जग्गा गुठीमै कायम गर्नका लागि घुस लिएको पाइएको आयोगले जनाएको छ ।आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार उनीहरुलाई घुस लिएको अभियोगमा…