प्रसुन संग्रौला–काठमाडौंं । सडकमा सवारी व्यवस्थापनका लागि आधारभुत आवश्यकता हो ‘ट्राफिक लाइट’ । सवारी व्यवस्थापनका लागि विश्वमा डिजिटल युगको प्रवेश भइसक्दा समेत नेपालमा भने ‘ट्राफिक लाइट’ समेत व्यवस्थित हुन सकेका छैनन् ।देशकै राजधानी काठमाडौं उपत्यकामा रहेका ८२ प्रतिशत ‘ट्राफिक लाइट’ ले काम गर्दैन । एकातिर पर्याप्त ‘ट्राफिक लाइट’ को व्यवस्था नहुनु र अर्काेतिर भएकाले पनि…