बारागढी । बारागढी गाउँपालिका–१ को अध्यक्षमा सङ्घीय समाजवादी पार्टीका सुरेशप्रसाद चौधरी निर्वाचित भएकका छन् । एक हजार ९ सय ५५ कूल मतमध्ये चौधरी ७ सय ४९ मत ल्याई विजयी भएका हुन् । निमित्त निर्वाचन अधिकृत मनिष साहका अनुसार निकटतम प्रतिद्वन्द्वी नेकपामा शंकर चौधरीले ६ सय ७२ मत प्राप्त गरेका थिए ।