पाँचखाल नगरपालिकाले चालू आर्थिक वर्षभित्र लगानी सम्मेलन गर्ने भएको छ । लगानी सम्मेलन गर्ने निर्णय गरी तयारीमा जुटेको नगर कार्यालयले जनाएको छ ।“यसै आर्थिक वर्षभित्र लगानी सम्मेलन गर्दैछौँ, यसका लागि हामी निर्णय गरेरै तयारीमा जुटिसकेका छौँ”, नगरप्रमुख महेश खरेलले भने । उनका अनुसार पाँचखालको समग्र विकासका लागि लगानीकर्ता तथा रोजगारदाताको सम्मेलन गर्ने निर्णय गरिएको हो…