काठमाडौं,हेलो सरकारले गुनासो व्यवस्थापन प्रणालीमा परिवर्तन गर्ने भएको छ । हेलो सरकारमा आएका गुनासा सम्बोधन प्रणालीको प्रभावकारितामाथि प्रश्न उठ्न थालेपछि गुनासो परेको निकायबाटै सिधा सम्बोधन हुने पद्धतिको विकास गर्न थालिएको हो । हेलो सरकारले आफ्नो सञ्जाल स्थानीय तहसम्म विस्तार गरी प्रभावकारी बनाउन लागेको जनाएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत रहेको हेलो सरकार शाखाका प्रमुख…