काठमाडौं,राष्ट्रपति विद्यादेवी भण्डारीले यमपञ्चक (तिहार)ले आपसी स्नेह र प्रेमलाई थप प्रगाढ बनाउन मद्दत गर्ने विश्वास व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आज एक शुभकामना सन्देश जारी गर्दै तिहारका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।यमपञ्चकको पाँच दिनसम्म मनाइने यस पर्वमा पशुपक्षी…