शुक्लाफाँटा नगरपालिकाअन्तर्गत चुरे क्षेत्रको धारापानी गाउँका बासिन्दा अझै पनि परम्परागत पानी घट्टमा निर्भर छन्। यहाँ अन्न पिस्ने एक मात्र माध्यम यही घट्ट हो। यस वर्ष गाउँमा विद्युत्का तार टाँगिए पनि सेवा सञ्चालनमा आएको छैन। दैनिक आवश्यक पिठो जुटाउन स्थानीयहरू घट्टमै भर पर्न बाध्य छन्। पिसानी गरेबापत सेवाग्राहीले केही पिठो घट्ट सञ्चालकलाई दिने प्रचलन छ। यसले…