काठमाडौं,जागिर खाएको १६ वर्षको अवधिमा एक अधिकृतले दुई करोड रुपैयाँभन्दा धेरै गैरकानुनी सम्पत्ति आर्जन गरेका छन् । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा कार्यरत अधिकृत रमाकान्त अर्यालले अस्वाभाविक सम्पत्ति आर्जन गरेका हुन् । अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।अर्याल २३ भदौ २०५९ सालमा…