जनकपुर,धनुषाको सबैला नगरपालिका–१२, रघुनाथपुरस्थित द्वारिका आधारभूत विद्यालयमा वैशाख १० गतेदेखि सुरु भएको दिवा खाजा वितरण कार्यक्रम दुई साता नपुग्दै बन्द भयो । सरकारले चालु आर्थिक वर्षको बाह्रै महिना पुग्नेगरी बजेट उपलब्ध गराए पनि विभिन्न बाहाना बनाई खाजा वितरणमै ढिला गरियो । आर्थिक वर्ष सकिन तीन महिना मात्र बाँकी रहँदा खाजा वितरण त सुरु गरियो तर…