उपसभामुख ठाकुरद्वारा पदभार ग्रहण

काठमाडौं । प्रतिनिधिसभाका उपसभामुख रुबीकुमारी ठाकुरले आजदेखि पदभार ग्रहण गरेकी छन् । यही चैत २७ गतेको प्रतिनिधिसभा बैठकबाट सो पदमा निर्वाचित उपसभामुख ठाकरले सिंहदरबारस्थित कार्यालयमा पुगेर पदबहाली गरेकी हुन् । उपसभामुख ठाकुरले आजै सभामुख डोलप्रसाद अर्यालसँग पहिलो औपचारिक भेट गरिन् । सभामुख अर्यालले उपसभामुख अर्याललाई बधाई र शुभकामना दिनुभएको सभामुखको सचिवालयले जनाएको छ ।

Logo