काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्नु प्रतिपक्षी दलको अनुचित क्रियाकलाप भएको टिप्पणी गरेका छन् । कान्तिपुर मिडिया ग्रुपद्वारा आज आयोजित ‘हाफ म्याराथुन’को शुभारम्भपछि प्रधानमन्त्री ओलीले भने, ‘प्रतिपक्षलाई त यो सरकार नै मन परेको छैन, उसले माग बढाएर सरकारकै राजीनामा मागे पनि अस्वाभाविक मान्नु पर्दैन । गृह मन्त्रालयमातहत धेरै कर्मचारी छन्…