काठमाडौं । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जारी आन्दोलनलाई परिणाममुखी बनाउन सहभागी शिक्षकहरूलाई धैर्य, संयम र अनुशासन कायम राख्न आग्रह गरेका छन्। सोमबार माइतीघर मण्डलबाट नयाँबानेश्वरसम्मको सडकमा विरोधमा उत्रिएका शिक्षकहरूले एक अभिभावकलाई कुटपिट गरेकाे खबर बाहिरिएकाले यसमा विभिन्न टिकाटिप्पणी भइरहँदा अध्यक्ष सुवेदीले अनुशासनमा रहन आग्रह गरेका हुन् । 'आन्दोलन आफैंमा जटिल जिम्मेवारी हो ।…