काठमाडौं । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आइतबार सुरु भएको नेपाल समाजवादी पार्टी (नयाँशक्ति) को प्रथम महाधिवेशन आज समापन हुँदै छ । अधिवेशनले संयोजक डा. बाबुराम भट्टराईले बन्द सत्रमा पेस गरेको राजनीतिक दस्तावेज र सङ्गठनात्मक प्रतिवेदन पारित गरिसकेको छ । ‘नयाँ युगको नयाँ कार्यभार स् वैकल्पिक राजनीतिको औचित्य र आधार’ शीर्षकमा भट्टराईले पेस गरेको प्रतिवेदन…