काठमाडौँ । स्वतन्त्र सांसद महावीर पुनले प्रतिनिधिसभामा आफूलाई “अचम्मको सांसद” भन्दै संसदमा आफ्नो भूमिका पक्ष–विपक्षभन्दा माथि रहने स्पष्ट पारेका छन्। बिहीबार प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै उनले आफू “आउनै नपर्ने मान्छे” भए पनि परिस्थितिका कारण संसदसम्म आइपुगेको टिप्पणी गरे। उनले आफ्नो बोल्ने र काम गर्ने शैली फरक भएको भन्दै आफू धेरैसँग नजोडिने तर निष्पक्ष रूपमा अघि…