काठमाडौं । सरकारले चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान गर्न सिफारिस गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको बैठकले चैत १९ गते बिहीबारका दिन दिउँसो २ बजे दुवै सदनको बैठक आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरी पठाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए । नेपालको संविधानको धारा ९३…