काठमाडौं। प्रतिनिधि सभा निर्वाचनमा करिब ७ लाख मत घटेपछि नेकपाभित्र हलचल मच्चिएको छ । अपेक्षाभन्दा कमजोर नतिजा आएपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आक्रामक बनेका छन् र जिम्मेवारमाथि कारबाहीको चेतावनी दिएका छन्। पार्टीभित्रैबाट अन्य दल, विशेषगरी ‘घन्टी’ चिन्हमा भोट गएको रिपोर्ट आएको भन्दै प्रचण्डले यसलाई गम्भीर विश्वासघातको रूपमा लिएका छन्। उनले सबै निर्वाचन क्षेत्रबाट ठोस विवरण…