काठमाडौं । प्रतिनिधिसभाको बैठक विपक्षी दलले अवरोध गरेपछि १५ मिनेटका लागि स्थगित भएको छ । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको जवाफ दिने कार्यसूचीअन्तर्गत सदनमा प्रधानमन्त्री वालेन शाह उपस्थित नभएपछि संसदमा प्रतिनिधित्व गर्ने रास्वपा बाहेकका विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख डिपी अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।…