काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा मुलुकभर चुनावी गतिविधि बढेको छ । फागुन २१ गते हुने निर्वाचनका लागि आजदेखि प्रचारप्रसार सुरु भएसँगै चुनावी माहोल थप सक्रिय बनेको छ । काठमाडौँ क्षेत्र नं ५ मा विभिन्न दल र स्वतन्त्र गरी २४ जनाले उम्मेदवारी दिएका छन् । यस क्षेत्रमा उपप्रधानमन्त्री, मन्त्री, पार्टीका प्रमुख, वरिष्ठ उपाध्यक्ष र महामन्त्री…