राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रदेश तह राष्ट्रका लागि बोझ बनेको भन्दै खारेजीको माग गरेका छन्। उनले बरु स्थानिय तहलाई अझ बढी साधनश्रोत र अधिकार सम्पन्न तुल्याउनु पर्नेमा जोड दिएका छन्। सामाजिक संजाल ट्वीटरमार्फत थापाले यस्तो बताएका हुन्। उनले सरकारको प्रस्तावित साझा न्युनतम कार्यक्रममा ‘स्थानीयतहलाई प्रदेश सरकार मातहत ल्याउने’ विषय समावेश हुनु गलत र…