जनता समाजवादी पार्टी (जसपा)ले लुम्बिनी प्रदेशसभाका ३ जना सदस्यलाई निष्कासन गरेको छ। जसपा संसदीय दलले सांसद कारवाहीको पत्र प्रदेशसभा सचिवालयलाई बुझाएको छ। सांसदहरू सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेयलाई निष्कासन गरेको संसदीय दलका नेता सहसराम यादवले जानकारी गराएका छन्। पार्टीले लगाएको ह्वीप उल्लंघन गरेपछि उनीहरुलाई गत जेठ ३० गते स्पष्टीकरण सोधिएको र त्यसको चित्तबुझ्दो…