शेरबहादुर देउवा नेपालको प्रधानमन्त्री नियुक्त भएकोमा चीनका प्रधानमन्त्री ली खछ्याङले बधाई ज्ञापन गर्दै कार्यकालको सफलताको कामना गरेका छन् । चिनियाँ प्रधानमन्त्रीले आफ्ना नेपाली समकक्षी देउवालाई आज बधाई सन्देश पठाएर चीन र नेपालबीचको रणनीतिक सम्बन्ध र साझेदारी तथा अनन्तकालसम्म रहिरहने मैत्री चिनियाँ चाहना भएको बताए । सन्देशमा चिनियाँ प्रधानमन्त्रीले वेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) मार्फत सहयोग,…