राष्ट्रपति विद्यादेवी भण्डारीले परिवर्तित सन्दर्भमा सामाजिक रुपान्तरणका लागि स्रष्टाहरुले थप योगदान गर्नुपर्ने बताएकी छिन्। नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा राष्ट्रपति भवन शीतल निवासमा आयोजित पुरस्कार वितरण कार्यक्रममा राष्ट्रपति भण्डारीले समाजको प्रगतिशील रुपान्तरण र समुन्नतिका लागि स्रष्टाहरुले राष्ट्रिय भावनाको प्रवद्धनमा अद्वितीय योगदान गरेको उल्लेख गर्दै असल स्रष्टाहरुको सम्मानले राष्ट्रको शिर उँचो हुने विचार व्यक्त गरिन्। उनले बहुभाषिक र बहुसांस्कृतिक…